Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी । म्यानमारको एउटा अदालतले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अभियोगमा समाचार संस्था रोयटर्सका दुईजना पत्रकारलाई सात वर्ष जेल सजाय सुनाएको छ।

रोहिंज्यामाथिको हिंसाबारे अनुसन्धान गर्ने क्रममा उनीहरूले गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गरेको अदालतको ठहर छ। प्रहरी अधिकारीहरूले दिएका दस्तावेज लिइरहेका बेला पत्रकारद्वय वा लोन र ज स ऊलाई पक्राउ गरिएको थियो। निर्दोष भएको भन्दै दुवैजनाले आफूहरूलाई प्रहरीले फसाएको बताएका छन्।

उक्त मुद्दालाई म्यानमारमा प्रेस स्वतन्त्रताको एउटा परीक्षणको रूपमा हेरिएको छ। अदालतको आदेशपछि पत्रकार वा लोनले भने, “मलाई कुनै डर छैन। मैले केही गलत गरेको छुइनँ। म न्याय, लोकतन्त्र र स्वतन्त्रतामा विश्वास राख्छु।”

परिवारमा स-साना बच्चा भएका ती दुवै पत्रकार सन् २०१७ को डिसेम्बरदेखि जेलमा छन्। रोयटर्सका प्रधान सम्पादक स्टेफन एड्लरले भने, “आज म्यानमार, रोयटर्सका पत्रकारहरू वा लोन र ज स ऊ तथा प्रेस स्वतन्त्रताका लागि एउटा दुःखद दिन हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed