Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बीबीसी । जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको छ।अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्‍न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी गत महिना नयाँ प्रतिबन्धहरु घोषणा गररेका थिए।

इरानको कच्चा तेल उद्योग र बैंकिङ क्षेत्रमाथि लक्षित गरी दोस्रो चरणका प्रतिबन्धहरु आगामी नोभेम्बर ५ देखि कार्यान्वयन गर्ने अमेरिकी भनाइ छ। जापानले इरानी तेल आयातलाई निरन्तरता दिने योजना अघि सारेको भएपनि त्यो सम्भव भएन, जीजी प्रेस र अरु सञ्‍चार माध्यमले जनाएका छन्। परिणामस्वरुप, जापानी तेल कम्पनीहरु इरानी कच्चा तेलको आयात रोक्ने तयारीमा लागेका हुन्। उनीहरु बजारको मागलाई सम्बोधन गर्न नयाँ गन्तव्यको खोजीमा लागेका छन् ।

व्यापार मन्त्रालयका एकजना अधिकारीले इरानी तेल खरिद गर्नेबारे अमेरिकासँग छलफल गरेको तर कुनै प्रगति हुन नसकेको बताए। अर्को थोकबिक्रेता कम्पनी जेएक्सटीजीले पनि तेल आयातबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।जापानमा तेलको आयात मुख्य रुपमा मध्यपूर्वबाट हुने गरेको छ। गत वर्ष जापानको कूल आयातको ५.३ प्रतिशत कच्चा तेल इरानबाट आयात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed