![]()
एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी स्पेनिस राफायल नाडाल युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार बिहान भएको खेलमा विश्व ३७ औंवरियतामा रहेका निकोलोज बासिलाशविलीलाई पराजित गरेका हुन् ।
नाडालले बासिलाशविलीलाई ६—३, ६—३ ,६—७ (६—८) र ६ — ४ को सेटले पराजित गर्दै नाडाल क्वाटरफाइनल पुगेका हुन् । ३२ वर्षीय नाडालले योसँगै नाडाल यो वर्ष चार ग्राण्डस्लाम टेनिसको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् । तर, उनले पहिलो पटक सन् २०११ मा जितेका थिए ।
अब नाडालले नवौं वरीयतामा रहेका अष्ट्रेलियाका डोमिनिक थिमसँग मंगलबार खेल्ने छन् ।


