![]()
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सोसिडाड डिर्पोटिभा हुएस्काबिरुद्ध सहज जित निकालेको छ । सिजनको च्याम्पियन बार्सिलोनाले हुएस्कामाथि ८–२ गोलको शानदार जित निकालेको हो । घरेलु मैदान नाउ क्याम्पमा लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा बार्साका स्टाइकर लियोनल मेस्सी र लुइस स्वारेजले २ –२ गोल गरे ।
इभान राकिटिच,जोर्डी अल्बा र डेम्बलले १–१ गोलको योगदान दिँदा १ गोल बार्सिलोनाले उपहार पाएको थियो । हुएस्काले खेलको ३ औ मिनेटमा अग्रता लिएपनि हार टार्न सकेन । जितपछि बार्सिलोना ३ खेलबाट ९ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।


