Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी ।अमेरिका र मेक्सिकोबीच एक वर्षसम्म चलेका परामर्शपछि उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सम्बन्धमा सहमति भएको अधिकारीहरूले बताएका छन्। त्यो सम्झौताले दुई देशबीचका व्यापारिक सम्पर्कहरूलाई पुनर्स्थापित गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ।

उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौताका विषयमा ट्रम्पले आपत्ति जनाउँदै आएका थिए। उनले त्यसलाई “अति नै खराब” भन्ने गर्दथे। सत्ता छोड्न लागेका मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अति सकारात्मक भएको बताएका छन्।पछिल्लो पहललाई सकारात्मक भनेका पेना निएटोले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा व्यक्त गरेका छन्।

त्यसप्रति क्यानडा पनि सकारात्मक रहेका विवरण प्राप्त भएका छन्। क्यानडाका परराष्ट्र मन्त्री क्रिस्टिया फ्रिल्याण्ड मङ्गलवार वाशिङ्टनको भ्रमणमा जाँदै छिन्। उत्तर अमेरिका बाहिर बनेका कारका पाटपुर्जा कार निर्माताहरूले प्रयोग गर्न नपाउने भन्ने नयाँ व्यापार सम्झौताको प्रस्ताव विवादको घेरामा छ।

ट्रम्पले नयाँ सम्झौता “गजब” र “निष्पक्ष” हुने बताएका छन्। नयाँ सहमति भएलगत्तै ट्रम्प र क्यानडाका प्रधानमन्त्रीबीच पनि सकारात्मक कुराकानी भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed