Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बिमस्टेक सम्मेलनः यसपटक पनि स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको मुद्दा ओझेलमा

Loading

काठमाडौ,भदौ ।
बिमस्टेक सम्मेलनमा यसपटक ‘स्वतन्त्र व्यापार सम्झौताको कार्यान्वयन’ बारे छलफल नै नहुने भएको छ । बिमस्टेक सदस्य राष्ट्रबीच स्वतन्त्र व्यापार सम्झौताको ‘प्रोसिड्योर’ टुंग्याउनका लागि लामो वर्षौंदेखि नै गृहकार्य भएपनि यो पटकको शिखर सम्मेलनमा महत्वपूर्ण विषयले प्रवेश नै नपाउने भएको हो ।
सन् २००४ मा बिमस्टेक राष्ट्रबीच स्वतन्त्र ब्यापार क्षेत्र सरलीकरण गर्ने सम्बन्धी सम्झौता भएको थियो । तर, सदस्य राष्ट्रहरु त्यसलाई कार्यान्वयनमा नलैजाँदा क्षेत्रीय स्तरको व्यापार वृद्धि हुन सकेको छैन भने आपासी लाभ लिन पनि चुकेका छन् । वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेका अनुसार ‘फ्रि ट्रेड एग्रिमेन्ट’ को ‘नेगोसिटिङ कमीटी’ले थुप्रै विषयहरु नै फाइनल गर्न बाँकी रहेकाले बिमस्टेक बैठकमा स्वतन्त्र ब्यपार सम्झौताकाबारेमा छलफल नहुने बताए ।
यो कमिटीको बैठक आगामी सेप्टेम्बरको पहिलो हप्ता बंगलादेशमा हुने तय भएको थियो । तर, बिमस्टेक सम्मेलनमा कारण सो बैठक पनि सर्ने भएको छ । यो पटक पनि स्वतन्त्र व्यापार सम्झौताको कार्यान्यवनका लागि ठोस प्रगति हुने अवस्था देखिएको छैन । यदि यो सम्झौता भएमा नेपाली उत्पादनले सहज रुपमा बिमस्टेक सदस्य राष्ट्रमा प्रवेश पाउने थिए । तर, सम्झौता भएको १४ वर्षसम्म पनि यसको प्रोसिड्योर टुंग्याउन नसकिने निश्चित जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.