Breaking News.... EverestOnlineKhabar
June 28, 2026

म्यानचेष्टर युनाइटेडमाथि टोटनहृयामको शानदार जित

Loading

एजेन्सी,भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडमाथि शानदार जित हात पारेको छ । सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३–० गोल अन्तरले हराएको हो । प्रशिक्षक जोजे माउरिन्होले ब्राइटनसंंग व्यहोरेको हारबाट टोली बाहिर आउने अपेक्षा गरेका थिए । तर, टोटनहामले सहजै हरायो ।
ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा टोटनहृयाम हावी भयो । ५० औं मिनेटमा हृयारी केनले गोल गरे । दुई मिनेटपछि नै लुकास मौराले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहृयामलाई ३–० को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.