![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बलात्कार र हत्या हिंसाजस्तो जघन्य अपराधमा संलग्न दोषीलाई सरकारले संरक्षण दिएको आरोप लगाएको छ ।
बिहीबार संसद् बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले सरकारले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई सरकारले संरक्षण दिएको आरोप लगाएका हुन् । कंचनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संग्लग्न मुख्य अभियुक्तलाई बचाई दोषी भनेर अर्कौ व्यक्ति उभ्याउने काम गरेको प्रतिपक्ष सांसदहरुको दावी गरे ।
“कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा सरकारले दोषि उम्काई सुस्त मनस्थितिका व्यक्तिलाई ल्याएर यिनै हुन् अभियुक्त भनेर जनतालाई ढाँट्ने काम गरेको छ, सांसद मिनबहादुर विश्वकर्माले भने ।
बैठकमा सांसद मिना पाण्डेले निर्मला पन्तको हत्यामा संलग्न अभियुक्तलाई जोगाउने प्रयास भइरहेको भन्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधलाई राजनीतिकरण नगरी निश्पक्ष छानविन गरि दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गरिन् ।
सांसद रंगमति शाहीले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दा सरकारले दमन गेको गुनासो गरिन् । सत्तारुढ दलकै सांसदहरुले पनि मुलुकभर बलात्कार र हत्या जस्ता घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका मृत्यु दण्ड दिने व्यवस्था संविधानमा नै गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद राधा ज्ञवालीले संविधान संशोधन गरेर बलात्कारीलाई मुत्युदण्डको व्यवस्था गर्न माग गरिन् ।


