Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कञ्चनपुर बालिका हत्या प्रकरण :प्रहरीको गोली लागी ४ जना घाइते, अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश

Loading

कञ्चनपुर । कञ्चनपुरमा १३ बर्षीया बालिका निर्मला पन्तको हत्याको बिषयलाई लिएर सुरु भएको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । पन्तका वास्तविक हत्यारालाई प्रहरीले लुकाएको भन्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले बिहीबार दिउँसो गोली चलाएको हो ।
प्रहरीको गोली लागी ४ जना घाइते भएका छन । घाइते १ जनाको टाउको र ३ जनाको खुट्टामा गोली लागेको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।

घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको  छ । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारी माथि प्रहरीले पहिले अश्रु ग्यास प्रहार गरेकाे थियाे। अश्रु ग्यास सकिए पछि गाेली चलाएकाे हाे।

स्थिति झनझन तनावग्रस्त भएपछि प्रशासनले अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed