![]()
कैलाली । जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको पहिलो पेसी सुरू भएको छ। घटनाको झण्डै तीन वर्षपछि पहिलो पेसीको लागि साउन २४ गते समय तोकेको थियो, तर जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या देखाउँदै बुधबारका लागि सारिएको थियो।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा दुई नाबालक, रेशम चौधरीसहित २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ। चौधरी प्रतिनिधिसभा सदस्य हुन्। उनीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ। हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका चौधरीको पेसी बिहीबार हुने जनाइएको छ।
थरूहट/थारूवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी एक नाबालकसहित आठ प्रहरीको ज्यान गुमाएका थिए।


