![]()
काठमाडौं। नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा पुराना नेता भरत शमशेर राणाको निधनमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।
शनिबार कोलकत्तामा निधन भएका राणालाई श्रद्धाञ्जलीका लागि सोमबारदेखि तीन दिन केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने जनाइएको छ। केन्द्रीय कार्यालयमा भदौ ६ गते शोकसभा गरिने पार्टीले जनाएको छ।
२०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री भएको समय राणा गोर्खा परिषद् दलबाट प्रमुख प्रतिपक्षी दलको नेता थिए। ०१७ सालमा बिपी लगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि राणाले आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराएका थिए। नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वकालमा उनी केन्द्रीय सदस्यसमेत भएका थिए।


