गायक जोहारीको नयाँ डेउडा गीत सार्वजनिक भए लगत्तै ‘हिट’(भिडियो)

1,398 total views, 3 views today

काठमाडौं । बीरेन्द्र जोहारी नेपाली कला क्षेत्रमा सुपरिचित नाम हो । डेढ दशकदेखि अनवरत रुपमा डेउडा तथा कुमाउनी कला संस्कृतिमा कटिबद्ध भएर लागेका जोहारी डेउडा क्षेत्रका ‘भर्साटायल’ गायकको रुपमा स्थापित छन ।

एकपछि अर्को गर्दै नयाँ नयाँ शैलीका गीतहरु पस्किन माहिर जोहारीले पछिल्लो समय ‘मै भुल्या तेरी मिठी बातमा’ भन्ने डेउडा गीत प्रस्तुत गरेका छन । केही महिना अघि मात्रै सुदूरपश्चिम आँखैमा झलझल, दन कामला चुटका, मैं डोली चढन्याबेला तुइ कसो लागलो ..लगायतका गीतबाट उनले प्रशंसा बटुलेका थिए । अहिले प्रस्तुत गरिएको गीत कुमाउनी र डोटेली भाषाको संयोजन रहेको उनी बताउँछन ।

गीतमा जोहारीलाई माण्डबी त्रिपाठीले स्वरमा साथ दिएकी छिन । पछ्ल्लिो पटक माण्डवी र जोहारीले गाएका गीतहरु डेउडाका पारखीले बढी रुचाएको पाइएको छ । यो गीतमा कबिराज बोहराको शब्द छ भने यसको लय बिरेन्द्र जोहारी आफैले तयार पारेका हुन ।

गीतमा दार्चुलासहित प्रदेश ७ को प्रसिद्ध पर्वहरु गौरा, दशै र त्यहाँका जात्राहरुको प्रशंग जोडिएको छ । पृथक स्वरका धनी जोहारीले हालसम्म दुई सय भन्दा बढी गीत बजारमा ल्याइसकेका छन । अधिकांश गीतमा उनले आफै मोडेलको भूमिका निर्वाह गरेका छन ।

जोहारीको नयाँ प्रस्तुती सार्वजनिक भए लगत्तै श्रोता एवम दर्शकहरुले मन पराएको पाइएको छ । यूट्यूब भियोरसिप पनि राम्रो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार