![]()
बीबीसी । केरलामा मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरिएकाे छ। बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ ।
विगत पाँश दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन्। बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ ।


