Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रोमानियामा प्रदर्शनकारीमाथि बामपन्थी सरकारको दमन, ४०० भन्दा बढी घाइते

Loading

बीबीसी । रोमानियाको राजधानी बुखारेस्टमा गरिएको विशाल प्रदर्शनमा ४५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् भने ३० प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको रोमानियाली प्रहरीले जनाएको छ।

रोमानियाको राजधानी बुखारेस्टमा भएको प्रदर्शनमा करिब ८० हजार रोमानियालीको सहभागिता रहेको विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भ्रष्टाचार आरोपमा वामपन्थी सरकारको राजीनामा माग गर्दै भएको आन्दोलनमा सहभागी प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले व्यापक पानीका फोहरा र अश्रुग्यासको प्रयोग गरेको थियो।

आन्दोलनमा तैनाथ करिब ३० प्रहरी घाइते भएका छन्। जसमध्ये ११ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। घटनामा केही सञ्चारकर्मीसमेत घाइते भएका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.