Breaking News.... EverestOnlineKhabar
June 27, 2026

सागर पुन मलेशियन प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी

Loading

एजेन्सी । मलेसियन प्रिमियर लिग (एमपिएल) एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालका अलराउन्डर सागर पुनले उत्कृष्ट ब्याटिङ गरेका छन्। आइतबार सकिएको लिगको फाइनलमा नेपालका सागर र आसिफ शेख आबद्ध क्वालालम्पुरले युनिभर्सिटी केबाङसान मलेसियालाई ७ विकेटले हराएर उपाधि जित्यो।

फाइनलमा नेपालका सागरले १० र आसिफले नटआउट ३३ रन जोडे। प्रतियोगितामा पाँच टिमले भाग लिएका थिए। डबल लिगको आधारमा भएको प्रतियोगितामा सागर र आसिफ आवद्ध क्वालालम्पुरले समूह चरणमा ८ मध्ये ७ खेलमा जित निकालेको थियो।

क्वालालम्पुरका लागि सागर पुनले उत्कृष्ट ब्याटिङ गरे। प्रतियोगितामा सर्वाधिक रन बटुल्ने खेलाडी बन्ने क्रममा सागरले १० खेलमा ४ सय ५२ रन बटुले। त्यसक्रममा सागरले २ वटा शतक प्रहार गर्नुका साथै १ अर्धशतक प्रहार गरे। उनी लिगमा २ शतक प्रहार गर्ने एक्ला खेलाडी बने।

सागरले १० खेलमा ५३ चौका र ८ छक्का प्रहार गरे। उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको पहिलो स्थानमा हरे। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा उनी अनवर अरुदिनसँगै पहिलो स्थानमा रहन सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.