Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कांग्रेस महासमिति बैठक सर्ने निश्चितः अब तिहारपछि मात्रै महासमिति

Loading

काठमाडौ,साउन ।
भदौभित्रै महासमिति बैठक राख्ने निर्णय गरेको नेपाली कांग्रेसले अलमलका बीच तिहारपछि मात्रै महासमिति बैठक राख्ने भएको छ । तीनै तहको निर्वाचनपछि प्रतिपक्षमा पुगेको कांग्रेस पार्टीभित्रका आन्तरिक संगठन निर्माणमा पनि कमजोर बन्दै गएका बेला पूर्वनिर्धारित बैठक सारेर कांग्रेसले तिहारपछि महासमिति राख्ने भएको हो ।
महासमिति बैठकमार्फत पार्टीको विधान संशोधन गर्ने कांग्रेस तयारी छ । तर, विधान संशोधन गर्न बनाइने मस्यौदा समिति गठनका विषयमा नै नेताहरूबीच सहमति जुटेको छैन । सो समिति नबन्दासम्म महासमितिको औचित्य नहुने नेताहरूले नै बताउँदै आएका छन् ।
विधान समितिले नै पार्टीको नयाँ संरचनाअनुसारको विधानलाई ड्राफ्ट गर्ने काम गर्छ । समितिले बनाएको विधानलाई महासमितिमार्फत पारित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.