Breaking News.... EverestOnlineKhabar
July 12, 2026

प्रिमियर लिगको पहिलो खेलमा म्यानचेष्टर युनाइटेडद्वारा लेष्टर सीटी २–१ ले पराजित

Loading

एजेन्सी ।इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ । उदघाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।

घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पउल पोग्बाको कप्तानीमा मैदान उत्रिएको थियो । पोग्बाले यो सिजनको पहिलो गोलसमेत गरे । उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एलेक्स सान्चेजको प्रहार रोक्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

यसैगरी लेस्टर सिटीका लागि जेमी भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । रिकार्डो परेराको क्रसमा उनले बललाई जाली चुमाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.