Breaking News.... EverestOnlineKhabar
June 27, 2026

अमेरिकन दूतावास अगाडि सडक दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

Loading

काठमाडौ,साउन ।
काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गएराति पौने २ बजे बाटोमा रोकिरहेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भ्यानले ट्रिपरलाई ठक्कर दिँदा भ्यानमा रहेका ३ जनामध्ये थापा र सिलवालको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए।
भ्यानका चालक सिन्धुपाल्चोकका २२ वर्षीय सुरेश पराजुली भने घाइते छन्। उनको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। दुवै सवारी साधन र ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.