Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन चाँडै नै फिल्म निर्देशन गर्ने तयारीमा छिन् । उनले हालै मुम्बईमा पत्रकारमाझ फिल्म निर्देशन गर्ने बताएकी छन्।

उनले फिल्म निर्देशनमा आफ्नो रुची रहेकाले चाँडै नै यो काम गर्ने बताइन् । ‘म केही वर्ष पछि फिल्म निर्देशनको दुनियाँमा पाइला चाल्दैछु । मेरो कुराबाट मेरा पति तथा अभिनेता अभिषेक बच्चन पनि उत्साहित छन् । म कुनै पनि फिल्मको निर्देशन गर्दा हृदयदेखि नै गर्नेछु,’उनले भनेकी छन्,‘निर्देशनमा पूरा समय दिनेछु । म आधा र अधुरो मन लिएर काम गर्दिन। ’

हाल ऐश्वर्या अभिनित फिल्म ‘फन्ने खान’ यतिबेला भारतसहित विश्वका विभिन्न थिएटरमा प्रदर्शन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.