Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भ्रष्टाचारविरुद्ध लड्न क्युबाली राष्ट्रपतिको आग्रह

Loading

बीबीसी ।  क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवाशीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन् ।  संसदको बैठकलाई  सम्बोधन गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गरेका हुन ।  उनले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको या प्रहरीको मात्र काम होइन भन्दै सबै देशवासीले नै यसमा सहयोग गरेमा मात्र देशमा सुशासन र भ्रष्ट्राचारमुक्त समाज निर्माण सम्भव रहेकोमा जोड दिए ।

उनले समाजमा अपराधका घटनामा भएको बृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पुर्याउन पनि सबैलाई आग्रह गरेका थिए । यस्ता समाजका बेथितीहरुमा नागरिक एकता भएमा मात्र शान्ति, सुव्यवस्था र सुशासनका लागि सहज हुने धारणा पनि उनले राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

क्युबामा केही वर्षहरुदेखि भ्रष्ट्राचार एक जटिल समस्याको रुपमा देखिएको चर्चा गर्ने गरिएको छ ।  कतिपय अधिकारीहरुले त भ्रष्ट्राचारका कारणले नै देशमा आर्थिक तथा वित्तीय समस्या उत्पन्न भएको बताउने गरेका छन् ।

त्यसैले भ्रष्ट्राचारलाई देश विकासको एक प्रमुख बाधकका साथै समाजमा अशान्ति र अस्थिरता उत्पन्न गर्ने तत्वका रुपमा लिएर सबैजना मिलेर भ्रष्ट्राचारको अन्त्य गर्नुपर्ने उनले बताए । यहाँको महालेखा परीक्षकसम्बन्धी गतवर्षको एक प्रतिवेदनले दिए अनुसार गतवर्ष मात्र यहाँका करिब ३६१ ओटा सरकारी निकायमा आर्थिक अनियमितता भएको पाइएको थियो । त्यस अनियमितताबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको पनि उक्त कार्यालयको पछिल्लो प्रतिवेदनमा रहेको छ ।

यी अनियमितताहरुका कारण त्यसमा संलग्नताको आशंकमा १२ सय भन्दा बढी सरकारी कर्मचारीमाथि प्रश्न पनि गरिएको छ । उनीहरु निलम्बनमा परेका बताइएको थियो । क्युबा सरकारले सन् २००९ मा यो कार्यालय स्थापना गरेर भ्रष्टाचार विरोधी क्रियाकलापहरुको अनुसन्धान थालेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.