Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । वेष्ट इन्डिजसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा बंगलादेशले  वेष्ट इन्डिजलाई ४८ रनले पराजित गरेको छ ।

२८० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३१ रन मात्रै बनाउन सक्यो । वेष्ट इन्डिजका लागि शिम्रोन हिटम्यरले ५२ र क्रिस गेलले ४० रन बनाएपनि बंगलादेशलाई रोक्न सकेनन् । बंगलादेशका लागि मश्राफे मोर्टाजाले ४ विकेट लिए ।

यसअघि गुयनास्थित प्रोभिडेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धातिर ५० ओभरमा ४ विकेटको क्षतिमा २७९ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर तमिम इक्बलले अविजित १३० रनको शतकीय पारी खेले । उनले १६० बलमा १० चौका र ३ छक्काको मद्दतमा १३० रन बनाएका थिए ।

बंगलादेशका लागि शकिब अल हसन शतक बनाउनबाट ३ रनले चुके । उनले ९७  रन बनाए । त्यस्तै, मुश्फिक्युर रहिमले ३० रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.