Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

विराटनगर,साउन ।
जिल्ला प्रहरी कार्यालय मोरङले अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली र लागुऔषधसहित पक्राउ परेका ३ जनालाई आज सार्वजनिक गरेको छ। बेलबारी नगरपालिका–७ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा बस्ने ३३ वर्षीय ‘सञ्जय’ भनिने सुर्यनारायण चौधरी, मोरङको सुन्दरहरैचा नगरपालिका–२ का २० वर्षीय राज चौधरी र सुनसरीको दुहवी नगरपालिका–२ का २७ वर्षीय मोहम्मद अलाउदिनलाई प्रहरीले गत साउन १ गते पक्राउ गरेको थियो।
विराटनगर ७ स्थित जिल्ला अदालत अगाडिबाट पक्राउ परेका ३ जनामाथि अनुसन्धान गर्दा ‘मेड इन युएसए’ लेखिएको स्वचालित पेस्तोल, त्ययसमा लाग्ने म्याग्जिन र तीन राउन्ड गोली तथा ५० थान लागूऔषध ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा सुर्यनारायण चौधरीको बेलबारीस्थित घरमा हतियार लुकाएर राखेको खुलेपछि खानतलासी गरेर पेस्तोल र गोली बरामद गरिएको जनाइएको छ। भारतमा पु¥याई हतियार खरिद गर्न सहयोग गर्ने दुहवी–२ का मोहम्मद अलाउदिन पनि पक्राउ परेका छन्। सूर्यनारायण विगत लामो समयदेखि बेलबारी, इटहरी, दुहबी, बिराटनगरमा हुने मोटरसाइकल चोरी, डकैती लगायतका आपराधिक घटनामा संलग्न रहेको दावी गर्दै २०७४ सालमा केही सार्वजनिक मुद्दामा कारबाही समेत भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राज चौधरीलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम, सूर्य नारायणलाई लागूऔषध नियन्त्रण ऐन २०३३ र हातहतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत र मोहमद अलाउदीनलाई हातहतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.