![]()
नयाँदिल्ली,साउन ।
भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहेका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग लगाइएको हो ।
उनलाई लगाइएको आरोपप्रति उनी संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ । अब यो विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जनाएका छन् । अदालतको विषय भइसकेकाले यस बारेमा अझ धेरै बोल्न र टिकाटिप्पणी गर्न नहुने उनीहरुको भनाइ छ । काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा चिदम्बरम दुई पटक अर्थमन्त्री भएका थिए एक पटक गृहमन्त्री पनि भएका थिए ।


