Breaking News.... EverestOnlineKhabar
July 10, 2026

इटालियन क्लब रोमाका गोलकिपर एलिसनलाई लिभरपुलको कीर्तिमानी प्रस्ताव ?

Loading

एजेन्सी,साउन ।
इटालियन क्लब रोमाका गोलकिपर एलिसन बेकरलाई इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकमको अनुबन्धन प्रस्ताव अघि सारेको छ । लिभरपुलले एलिसनलाई गरेको कीर्तिमानी ६२ मिलियन पाउन्डको प्रस्तावबारे रोमाले छलफल गरिरहेको छ ।
लिभरपुलले २५ बर्षीया ब्राजिलियन गोलकिपर एलिसनलाई ६२ मिलियन पाउण्डको कीर्तिमानी प्रस्ताव राखेपनि रोमाले भने ६६ मिलियन पाउन्ड चाहिने अडान राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एलिसनको लागि गरिएको यो प्रस्ताव गोलकिपरका लागि अहिलेसम्मकै ठुलो रकम हो । रोमाले एलिसनलाई दुईवर्ष अघि मात्रै आफ्नो क्लबमा अनुबन्धन गरेको थियो । गत सिजनमा एलिसनले ३७ सिरी ए खेलमा खेलेका थिए । सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो । सन् २०१७ मा म्यान्चेष्टर सिटीले ४० मिलियन युरोमा कीर्तिमानी रकममा बेन्फिकाका गोलकिपर इडरसनलाई आफ्नो क्लबमा अनुबन्धन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed