Breaking News.... EverestOnlineKhabar
July 10, 2026

शक्ति गौचनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा

Loading

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि  आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

उनले अब नेपालमा हुने अर्को खेल नै उनको राष्ट्रिय टोलीका लागि अन्तिम् खेल हुनेछ। नेपालले युरोप टुर अन्तर्गत इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्दैछ।

राष्ट्रिय टोलीका लागि डेढ दशक मैदानमा बिताएका गौचनले करियरको सुरुवात ब्याट्सम्यानको भूमिकामा खेलेका थिए। पछिल्लो एक दशक भने उनले स्पिनरको भूमिका निर्वाह गर्दै आएका छन्।
राष्ट्रिय टोलीबाट संन्यास लिएपनि उनले घरेलु क्रिकेटमा भने निरन्तर खेलिरहने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed