Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,साउन ।
सरकारी वार्ता टोली र डा.गोविन्द केसी पक्षबीच आज पुनः वार्ता हुँदैछ । सोमबार बसेको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि वार्ता हुन लागेको हो। हिजोको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो। शिक्षा मन्त्रालयमा भएको वार्तामा डा.केसीले उठाएको प्रमुख माग चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार नै आउनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो। वार्तामा डा.केसी पक्षधरले संसदमा दर्ता भएको विधेयक फिर्ता लिएर अध्यादेश अनुसारको विधेयक दर्ता गराउनुपर्ने अडान राखेका थिए।
सरकारी वार्ता टोलीले उक्त विषयको जानकारी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई गराएका थिए। मन्त्री पोखरेलले प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने बताएपछि वार्ता विनानिष्कर्ष टुंगिएको हो।
डा.केसीको पक्षबाट वार्तामा सहभागी डा.अभिषेक सिंहका अनुसार विधेयकका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेपछि मात्र कुरा हुने भएपछि पुनःआज वार्ता हुने भएको हो। सरकार अझै पनि गम्भीर देखिएको जस्तो नलागेको उनले बताए। डां.केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी सहभागी थिए। डा.केसीका तर्फबाट डा.सिंह,वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed