Breaking News.... EverestOnlineKhabar
June 26, 2026

हरिभवन भत्काउन र रानीपोखरी पुनर्निर्माणका लागि बोलपत्र आह्वानको तयारी

Loading

काठमाडौ,साउन ।
काठमाडौँ महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। हरिभवन भत्काउन र रानीपोखरी पुनःनिर्माणका लागि सँगै बोलपत्र आह्वान गरिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। पुनःनिर्माणको काम छिटो गर्नका लागि हरिभवन भत्काउन आह्वान गरिने बोलपत्र बढीमा एक महिनाको रहने पनि बताइएको छ।
२०७२ बैसाखमा गएको विनाशकारी भूकम्पका कारण सुन्धारास्थित हरिभवन र रत्नपार्कमा रहेको रानीपोखरीलगायत धेरै ऐतिहासिक सम्पदामा क्षति पुगेको थियो। एक वर्षअघि नै कामपाले हरिभवन भत्काएर अर्को निर्माण गर्ने भन्दै आए पनि पुरातत्व विभागले रोक लगाएपछि उक्त काम अघि बढ्न सकेको थिएन।
करीब १०० वर्षको इतिहास भएको तीनतलाको हरिभवनमा विसं २०६० देखि कामपाले नियमित आफ्नो कामकाज गर्दै आएको छ। अब तीन कालखण्डको प्रतिनिधित्व हुने गरी हरिभवन निर्माण गर्ने तयारी कामपाले गरेको छ। त्यसैगरी, करिब ४०० वर्षको इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण थाले पनि आधुनिक निर्माणको सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध आएपछि बीचमा नै पुनःनिर्माणको काम रोकिएको थियो।
पुनःनिर्माणको काम रोकिएको मात्र होइन, यसअघि निर्माणको समयमा प्रयोग भएको आधुनिक निर्माणको सामग्री पनि एक हप्ता अघि हटाइसकिएको छ। भूकम्पअघि जस्तोरुपमा रानीपोखरी रहेको थियो सोहीअनुरुप अब पुनःनिर्माण गरिने कामपाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.