Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । विश्व फुटबलका महान हस्ती पेलेले फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिएका छन् । उनले एमबाप्पेलाई सुझाव दिँदै लेखेका छन्, ‘यसैगरी तिमीले मेरो रेकर्डसँगै अगाडि बढ्यौ भने तिम्रो लागि मैले फेरि ती पुराना बुटमा लागेको धुलो सफा गर्नु पर्नेहुन्छ ।’

त्यस्तै उनले अर्को ट्वीट गर्दै भनेका ‘अर्को एक युवाले विश्वकपमा कम उमेरमै गोल गर्न सक्यो । तिमीलाई क्लबमा स्वागत छ । दोस्रो कम उमेरको युवा खेलाडीले विश्वकपको फाइनलमा गोल गरेको छ ।  किलियन, यो तिम्रो कम्पनीका लागि महान हुनेछ ।’

फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेले रसिया विश्वकपमा ३ गोल गरेका छन् । फाइनलमा क्रोएसियाविरुद्ध पनि उनले उत्कृष्ट गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.