Breaking News.... EverestOnlineKhabar
July 10, 2026

कांग्रेसको अवरोधपछि संसद बैठक अवरुद्ध, अर्को बैठक साउन ३ गते

Loading

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सोमबार संसद बैठक स्थगित भएको छ । आगामी बैठक साउन ३ गते दिउँसो १ बजे बस्ने छ । सोमबार बिहान बसेको बैठकमा नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुले उठेर संसद बैठक अवरोध गरेपछि आधा घण्टाका लागि बैठक स्थगन गरिएको थियो ।

बैठकको सुरुवातमै कांग्रेसका सांसदहरुले आमरण अनशनरत डा गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए।

दोस्रोपटक संसद बैठक सुरु गरिएपनि विपक्षी दलका सांसदहरुले पुनः उठेर संसद अवरुद्ध पारेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित भएको जनाउँदै आगामी बैठक साउन ३ गते बस्ने बताएका थिए।
बैठकमा कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed