Breaking News.... EverestOnlineKhabar
July 10, 2026

गच्छदारको स्पष्टिकरणः‘पार्टी छोड्ने वा पार्टीबाट अलग हुने भनेको छैन’

Loading

विराटनगर,असार ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टी छोड्ने वा पार्टीबाट अलग हुने धारणा आफूले व्यक्त नगरेको स्पष्ट पारेका छन्। आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुराको स्पष्ट पारेका हुन्। उनले आफूले कांग्रेससँग भएको सहमति कार्यान्वयन लागि पार्टीभित्र आवाज मात्र उठाएको बताए।
उपनेता गच्छदारले कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच भएको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे। गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत वर्षको असोजमा पार्टी एकता भएको थियो। यसका साथै, गच्छदारले डाक्टर गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा हुनुपर्ने बताउनुभयो ।
उनले विगतमा आफैं संलग्न रहेको सरकारले डाक्टर केसीसँग गरेको सहमति कार्यान्वयन गराउन अध्यादेशअनुसारकै विधेयक ल्याउन आग्रह गरे। उपनेता गच्छदारले एउटा सरकारले गरेको सहमति त्यसपछिका सरकारले कार्यान्वयन नगर्ने हो भने राज्य सञ्चालनको प्रक्रिया नै रोकिने बताए। उनले सरकारले राज्य सञ्चालनको प्रक्रिया विपरीत डाक्टर केसीसँगको सहमति उल्लंघन गर्न खोजेकाले कांग्रेसले विरोध गरेको बताए। अध्यादेशअनुसारको विधेयक नआए संसद्मा कांग्रेसले सशक्त विरोध गर्ने उनले चेतावनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.