![]()
एजेन्सी,असार ।
२१औं संस्करणको फिफा विश्वकप फुटबलमा उपविजेता बनेको क्रोएसियाका कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए।
यस्तै बेल्जियमका एडेन हजार्डले शिल्भर बल पाए भने फ्रान्सका एन्टोनी ग्रीजम्यानले ब्रोन्ज बल जिते। यस्तै, च्याम्पियन फ्रान्सका युवा स्टार किलिएन एम्बाप्पेले बेस्ट योङ प्लेअरको अवार्ड जिते। विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका पहिलो टिनएजर खेलाडी एम्बाप्पे उत्कृष्ट युवा खेलाडी बनेका छन्। यस विश्वकपमा एमबाप्पेले कूल ४ गोल गरे। उनलाई पेलेले बधाईसमेत दिएका छन् । यस्तै,इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल्डेन बुट जितेका छन् । आईतबार सम्पन्न २१ औं संस्करणको विश्वकपमा केनले ६ गोल गरेका थिए ।


