Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

बीबीसी । रुसमा जारी प्रतियोगिताअघिका विश्वकपहरूको इतिहास हेर्दा २६ पटक पेनाल्टी भएका छन्। सन् १९७८ यता पेनाल्टीको व्यवस्था सुरु भएको हो।

उत्कृष्ट पेनाल्टी

सन् २०१८ अघि भएका पेनाल्टीमा २४० पटक प्रहार भए। त्यसमध्ये १७० मा गोल भयो। त्यो भनेको १० वटा प्रहार गर्दा सातवटामा गोल हो। तल र गोलकिपरको देब्रेतिर हानिएका पेनाल्टी सबैभन्दा सफल देखिएको फुटबलबारे विश्लेषण गर्ने ‘अप्टा’ले जनाएको छ।

विश्वकप पेनाल्टी

तर तल र गोलपोस्टको बीचमा हानिएका पेनाल्टीको सफलताको दर ५८ प्रतिशतमात्रै छ।

अर्को उपाय

यदि खेलाडीले गोलपोस्टको बीचमै बल हान्ने निर्णय गर्‍यो भने केही उचाइमा हान्नु उपयुक्त हुन्छ। उचाइमा र मध्यभागमा हानिएका १५ वटा विश्वकप पेनाल्टी कुनै पनि गोलकिपरले रोकेका छैनन्।

‘अप्टा’को आँकडाले उचाइमा हानिएका र मध्यभागको दुवै दिशातिर हानिएका पेनाल्टी ९० प्रतिशत सफल रहेको देखाउँछ। तर त्यस्ता पेनाल्टी गोलपोस्टभन्दा माथि जानसक्ने खतरा भने रहन्छ। जस्तो, सन् १९९४ मा इटलीका रोबर्टो बाजियोले पेनाल्टी त्यसरी नै गोलमा परिणत गर्न नसक्दा ब्रजिलले विश्वकप जित्यो।

विश्वकप पेनाल्टी

जर्मनीको कीर्तिमान कसैले तोड्न सक्ला?

रुसमा जारी विश्वकपमा जर्मनी पहिलो चरणबाटै बाहिरिएको छ। तर पेनाल्टीमा सबैभन्दा सफल इतिहास जर्मनीको छ। सन् १९८२ मा फ्रान्सविरुद्धको सेमीफाइनलमा एउटा पेनाल्टी गोल नभएको बाहेक अहिलेसम्म जर्मनीले पेनाल्टीमा असफलता बेहोर्नुपरेको छैन।

त्यसयता आफू संलग्न चारवटै पेनाल्टी उसले जितेको छ। इंग्ल्याण्डको पेनाल्टी इतिहास सबैभन्दा खराब देखिन्छ। रुस विश्वकपअघि आफू संलग्न तीनवटा पेनाल्टी सबैमा उसले हार बेहोरेको छ।

दबाब

पेनाल्टीलाई कैयौं चिठ्ठाको रुपमा पनि हेर्छन्। टस जितेर पहिले पेनाल्टी हान्ने टोलीले ६० प्रतिशत अवस्थामा जितेको आँकडा छ।

अशुभ आठ नम्बर

विश्वकप पेनाल्टी

आठौं स्थानमा हानिएको पेनाल्टी सबैभन्दा बढी असफल भएको अध्ययनहरूले देखाएका छन्। सबैभन्दा सफल चाहिँ पाँचौं स्थानमा हानिएको पेनाल्टी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed