Breaking News.... EverestOnlineKhabar
June 26, 2026

गृहमन्त्री थापा र भौतिक पूर्वाधार मन्त्री महासेठबीच ‘द्वन्द्व’ : थापाले ठेकेदारलाई कारवाही गर्न थालेपछि महासेठ ‘फायर’

Loading

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच विवाद चर्किएको छ । गृहमन्त्री थापाले ठेकेदार अर्थात निर्माण व्यवसायीलाई पक्राउ गर्न आदेश दिएसंगै दुवै मन्त्रीबीच तनाव बढेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गृहमन्त्रीको आदेश र रवैयाप्रति आपत्ति जनाएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले सरकारले अबदेखि व्यवसायीलाई पक्राउ नगर्ने बताएका हुन्। उनले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त खबर गर्न आग्रह गरेका छन । उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नहुने भन्दै घुमाउरो ढंगले गृहमन्त्री थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेलाई पक्राउ गर्न निर्माण व्यवसायीलाई पक्राउ गर्न ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका थिए।

मन्त्री थापाले सूची बनाएर त्यस्ता निर्माण व्यवसायीलाई पक्राउ गर्न आदेश दिएका थिए। यो आदेशपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महासेठले निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नरहने भन्दै व्यवसायीको बचाउ गरिरहेका छन । ‘कतै रुख काटेको हुँदैन, कतै बिजुलीको पोल सारेको हुँदैन, यस्ता कारणले पनि निर्माण कार्य ढिलो भएका छन, त्यसैले व्यवसायीलाई मात्र दोष दिन मिल्दैन’, मन्त्री महासेठले भने।

गृहमन्त्री थापाको निर्देशन बमोजिम समयमा नै काम नसक्ने ठेकेदारहरुको विवरण गृहमन्त्रालयमा आउने क्रम भने जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.