Breaking News.... EverestOnlineKhabar
June 26, 2026

कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती दुर्घटनामा परी घाइते

Loading

बीबीसी । कम्बोडियाली राजकुमार नोरोडन रानारिध र उनकी श्रीमती आइतबार बिहान सडक दुर्घटनामा परी घाइते  भएका छन् । उनीहरुलाई विपरीत दिशाबाट आएको ट्याक्सीले ठक्कर दिएको थियो । उनीहरुको अवस्था गम्भीर नरहेको र उपचाररत रहेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

उनीहरु कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा सवारीमा थिए। राजकुमारको देब्रे हातमा चोट लागेको छ। उनीहरु दुवै जना खतरामुक्त छन्– उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

सुरक्षा अधिकारीहरुले ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरी अधिकारीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.