![]()
एजेन्सी । इजिप्टका मोहम्मद सालह आउँदो मंगलबार हुने रुससँगको खेलका लागि फिट हुने इजिप्टको फुटबल एसोसिएसनले जनाएको छ । सालह बिनाको इजिप्ट आफ्नो पहिलो खेलमा उरुग्वेसँग अन्तिम एक गोल खाँदै पराजित भएको थियो । तर सालह अब मंगलबार हुने रुससँगको दोस्रो खेलमा भने सालह मैदानमा हुनेछन् । सालह पहिलो खेलमा बेन्चमा त थिए तर मैदानमा छिरेनन् ।
सालह च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडसँगको फाइनलको क्रममा चोटग्रस्त भएका थिए । उनको काँधमा समस्या देखिएको थियो । उनी अहिले पूर्ण रुपमा फिट भएको इएफएले जनाएको छ ।
२५ वर्षका सालह मे २६ मा चोटग्रस्त भएयता मैदानमा फर्किएका छैनन् । इएफएले भनेको छ, ‘सालह उरुग्वेसँगको खेलकै लागि फिट थिए, तर प्रशिक्षकले जोखिम लिन चोहनन् । मंगलबार रुससँगको खेलमा उनी मैदानमा हुनेछन् ।’


