Breaking News.... EverestOnlineKhabar
April 28, 2026

सत्तारुढ दल कांग्रेस–माओवादी तालमेल गृहकार्यमा…..

Loading

काठमाडौ,२१ बैशाख ।
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा तालमेलको गृहकार्यमा जुटेका छन्। निर्वाचन आयोगले बिहीबार उम्मेदवारी फिर्ता लिने समय तोकेपछि दुई दलका नेता केही स्थानमा चुनावी तालमेलको कसरतमा जुटेका हुन्। महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरूमा तालमेलका लागि दुवै पार्टीका नेता बुधबार रातिसम्म सक्रिय छन्। माओवादी अधयक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटार पुगेर कांग्रेस नेताहरू निर्वाचनमा तालमेलका विषयमा छलफलमा जुटेका छन्।
तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ। प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकाल्दै दुवै पार्टीले उम्मेदवारी फिर्ताको समयअघि केही ठाउँमा तालमेल गर्ने समझदारी बनाएको एक नेताले जानकारी दिए। दुई दलबीच सहमति जुटेका स्थानमा एक अर्काले उम्मेदवारी फिर्ता लिनेगरी दुवै दल आन्तरिक छलफलमा जुटेका छन्।
दुवै पार्टीले स्थानीय तह निर्वाचनमा सत्ता साझेदारसँग तालमेललाई प्राथमिकतामा राखेर छलफल भइरहेको स्वीकारेका छन् । पहिलो चरणको निर्वाचनमा अधिकांश स्थानमा उम्मेदवारी दिएको दाबी गर्दै कांग्रेस नेता रमेश लेखकले सत्तासाझेदार माओवादीसँग तालमेलको प्रयास भइरहेको जनाकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed