Breaking News.... EverestOnlineKhabar
April 29, 2026

गुण्डाहरुप्रति प्रहरी आक्रामक,धमाधम पक्राउ गरिँदै……………

Loading

काठमाडौ,२१ बैशाख ।
केही दिनयता नेपाल प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरुलाई पक्राउ गर्न थालेको छ । बुधबार मात्र चक्रपथ क्षेत्रमा गन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन् । उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन् । महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन‘छुचुन्द्रो’ लाई पक्राउ गरेको छ । महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन् । मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ । महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ । उनीहरु अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन् । पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ । तर, पक्राउ गरिएकाहरु २–४ दिनमै छुट्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed