Breaking News.... EverestOnlineKhabar
June 28, 2026

मन्त्रालयगत खर्च विवरण सांसदले नपाएपछि प्रतिनिधिसभा बैठक स्थगित, पहिलो दिन गफगाफमै बित्यो

Loading

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल हुने भनिए पनि कुनै पनि मन्त्रालयले आफ्नो खर्च विवरण संसदलाई उपलब्ध नगराएपछि बैठक स्थगित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने भनिए पनि खर्च विवरण नहुँदा सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए।

मन्त्रालयगत बजेट बिनियोजन सम्बन्धी किताब नपाएपछि सांसदहरुले फुटकर कुरा उठाएका थिए । राष्ट्रिय र जनचासोका मुद्दा भन्दा पनि सांसदहरुले उटपट्याङ कुरा गरेर हँसाएका थिए ।

 सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाएका थिए। उनले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गरे।
विशेष समयमा पूर्णकुमारी सुवेदीले संसद भवनकै शौचालयमा असुरक्षा रहेको बताएकी थिइन्। सांसद बिरोध खतिवडाले बिश्वकपमा नेपालले भाग लिने तरिका भन्दै खानेपानी ट्याङ्कीलाई बलको आकारमा रंगाउन सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.