![]()
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले विश्वकप फुटबलमा नेपाल सहभागी नभए पनि उत्सब मनाउन संसद् भवनको पानी ट्यांकीमा डिजिटल फुटवल राख्न सुझाव दिए।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले विश्व नै विश्वकप फुटवलमा रमाएको भन्दै नेपालले पनि स्वागत गर्नुपर्ने बताए।
‘विश्वकपमा नेपाल सहभागी हुन सकेन, नेपाल कसरी सहभागी हुने भन्नेबारे खेलकुद मन्त्रालय के गरिरहेको छ,’ उनले भने, ‘यसमा सरकारको ध्यान जाओस्, संसद् भवनमा रहेको पानी ट्यांकी फुटवल जस्तै देखिन्छ, त्यसलाई डिजिटल बनाएर विश्वकप २०१८ को स्वागत गर्छ भनी लेखौं।’


