Breaking News.... EverestOnlineKhabar
June 28, 2026

विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा फ्रान्स अमेरिकासँग बराबरीमा रोकियो

Loading

एजेन्सी,जेठ ।
विश्वकपको तयारीमा रहेको फ्रान्स अमेरिकासँग भएको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ । फ्रान्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । शनिबार राति भएको खेलमा विश्वकपको तयारीमा रहेको फ्रान्सले विश्वकप बाहिर रहेको अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । बलियो टिम फ्रान्सलाई अमेरिकाले रोक्न सफल भयो ।
निर्धारित समयसम्म बल आफ्नो नियन्त्रणमा राखेपनि फ्रान्सले अमेरिकामाथि जित निकाल्न सकेन । अमेरिकाले आफ्नो अग्रतालाई जोगाउन नसक्दा बराबरी खेलेको हो । खेलको ४४ औं मिनेटमा जुलियन ग्रिनले उत्कृष्ट गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अमेरिका १–० गोलले अघि रहेको थियो ।
खेलको ७८औं मिनेटमा किलियन बाप्पेले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्याएका थिए । बाँकी समयम दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकेको हो । शनिबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा अष्ट्रेलियाले हंगेरीलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.