Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फ्रेन्च ओपनको उपाधि सिमोनालाई

Loading

एजेन्सी,जेठ ।
विश्व नम्बर एक रोमानियाकी सिमोना हलेपले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । फाइनलमा अमेरिकाकी स्लोन स्टेफेन्सलाई पराजित गर्दै सिमोनाले वर्षको दोस्रो ग्राण्डस्लाम फ्रेन्च ओपनको उपाधि चुमेकी हुन् ।
पेरिसस्थित रोनाल्ड ग्यारोसमा भएको फाइनलमा स्टेफेन्सलाई सिमोनाले ३–६, ६–४ र ६–१ को सेटमा हराउदै च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा भने स्टेफेन्सलाई नतिजा सुम्पेकी सिमोनाले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेकी हुन् ।
सिमोनाले तेस्रो प्रयासमा फ्रेञ्च ओपनको उपाधि जितेकी हुन् । यसअघि उनी २०१४ र २०१७ मा पनि फाइनलमा पुगेर पराजित भएकी थिइन् । गत वर्ष उनी लात्भियाकी जेलेना ओस्टापेन्कोसँग पराजित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.