![]()
ताप्लेजुङ,बैशाख ।
पूर्वी नेपालका चार जिल्लाका स्थानीयले तमोर जलाशययुक्त विद्युत् परियोजनाको काम तत्काल अघि बढाउन माग गरेका छन् । आयोजना प्रभावित ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका स्थानीयले चार जिल्लालाई जल यातायातले जोड्ने साथै औद्योगिक करिडोरको रुपमा विकास गर्न सकिने भन्दै तमोर जलाशययुक्त विद्युत् परियोजना अघि बढाउन सरकारसँग माग गरेका छन् ।
नेपालमा बढ्दो ऊर्जा संकटलाई दृष्टिगत गरी सरकारले समेत आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा सरकारी लक्ष्य पूरा गर्न सहयोग पुग्ने निष्कर्षसहित तमोर जलाशययुक्त आयोजना अघि बढाउन सरकारलाई दवाब दिइने स्थानीय चित्रगुप्त सांवाले बताए ।
७ सय ६२ मेघावाट क्षमताको तमोर जलाशययुक्त विद्युत् परियोजना निर्माण हुँदा करिव ४० वर्ग किलोमिटर लामो कृत्रिम ताल निर्माण हुने छ । तमोर जलाशययुक्त परियोजना निर्माणका क्रममा बन्ने ताल पोखराको फेवाताल भन्दा आठ गुणा ठूलो हुने छ । तमोर जलाशययुक्त परियोजनाका लागि कुल १२ खर्ब रुपैयाँ आवश्यक पर्ने सरकारी अनुमान छ ।


