Breaking News.... EverestOnlineKhabar
June 25, 2026

लिज शहरको गोलीकाण्डमा संलग्न आतंककारी होइन : बेल्जियम

Loading

बीबीसी ।  बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मंगलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतंककारी नभएको बेल्जियम सरकारले जनाएको छ।

गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको खोजीमा ती व्यक्ति आतंककारी गतिविधिमा संलग्न भएको नपाइएको बताइएको हो। त्यस गोलीकाण्डमा परी २ जना प्रहरी, १ बटुवा र आक्रम णकारीसहित ४ जनाको मृत्यु भएको थियो।

गोली हान्ने ती व्यक्ति पनि प्रहरीको कारबाहीमा परी मारिएका थिए।

उक्त अज्ञात व्यक्तिले सुरुमा छुरा देखाएर प्रहरीको हतियार खोसी गोली चलाएको थियो। जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ।

बेल्जियममा केही वर्षयतादेखि यस्ता हमला हुने गरेका छन्। त्यसैले प्रहरीले यो पछिल्लो घटनामा संलग्नहरुको बारेमा पनि व्यापक मात्रामा खोजी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed