Breaking News.... EverestOnlineKhabar
June 25, 2026

२० दिन गुप्त रहेकी ट्रम्प पत्नीको शंकास्पद ट्वीट, मेलानिया अझै गुप्त

Loading

बीबीसी । मृगौला प्रत्यारोपणपछि आराममा रहेको भनिएकी अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्प २० दिनसम्म सार्वजनिक कार्यक्रममा उपस्थित नभएपछि उनको स्वास्थ्य र राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धका बारेमा अनेक अड्कलबाजीले अमेरिकी मिडिया तातेको थियो। तर २० दिनको मौनतापछि उनले आफ्नो ट्विटर ह्यान्डलबाट आफु ह्वाइटहाउस मै आफ्नो परिवारसँग रहेको ट्विट गरेकी छिन्।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली जेलबाट रिहा भएका अमेरिकी बन्दीलाई स्वागत गर्दा उनी सार्वजनिक रुपमा देखिएकी थिइन्। त्यसपछि कुनै पनि सार्वजनिक कार्यक्रममा मेलानिया नदेखिएपछि उनको र ट्रम्पको सम्बन्धमा चिसोपना आएको आंकलन गरिएको थियो।

 मेलानियाले ट्विट गरेपछि पनि उक्त ट्विट उनी स्वयम्ले नगरेको बरु ट्रम्पले उनको लागि ट्विट गरेको ट्विटर प्रयोगकर्ताले दावी गरेका छन्।

यही मे १४ मा मात्रै ह्वाइट हाउसले मृगौलामा देखिएको समस्याका कारण मेलानिया ट्रम्प वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत रहेको जनाएको थियो। मे २० मा फेरी अर्को विज्ञप्ती जारी गर्दै ह्वाइट हाउसले मेलानियाको प्रत्यारोपणको क्रममा कठिनाई नदेखिएको र सफल भएको बताएको थियो।

यसबीचमा उनको उपचारको क्रममा खिचिएको भन्दै ह्वाइट हाउसले सार्वजनिक गरेको एक फोटो बाहेक अन्य फोटो सार्वजनिक भएका छैनन्। न त मेलानिया नै सार्वजनिक कार्यक्रममा देखिएकी छिन्। झण्डै तीन हप्ता सार्वजनिक नभएकी मेलानिया न्युयोर्कमा आफ्नो छोरा ब्यारोनसँग बस्न गएको अनुमान पनि गरिएको थियो।

बुधबार ह्वाइट हाउसमा आयोजना गरिएको ह्वाइट हाउस स्पोर्टस् एण्ड फिटनेश डेमा पनि उनी अनुपस्थित भएपछि उनको अनुपस्थितिबारे आशंका बढेको थियो। पूर्व फस्र्ट लेडी मिसेल ओबामाले सुरु गरेको उक्त कार्यक्रममा मेलानियाको अनुपस्थितिमा छोरी इभान्का ट्रम्पले सम्बोधन गरेकी थिइन्।

मंगलबार मात्रै पनि अमेरिकी फस्र्ट लेडीकी प्रवक्ता स्टेफेन ग्रिसामले ‘दि पोलिटिको’सँगको अन्र्तवार्ताका क्रममा यस प्रकारको अड्कलबाजी भइरहने र यो ‘बकवास’ कुरा भएको बताएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed