![]()
काठमाडौ,जेठ ।
संघीय समाजवादी फोरमले आफ्नो भागमा परेका २ जना मन्त्री र एक जना राज्यमन्त्रीको नाम आजै टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएकाले उनले केही नेताहरुसँग परामर्श गरेर नाम टुंगो लगाउने स्रोतले जानकारी दिएको छ ।
अध्यक्ष यादवले नामका बारेमा आन्तरिक गृहकार्य र परामर्श गरिरहेको पनि नेताहरुले बताएका छन् । फोरमले स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालयमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री पाएको छ । मन्त्री बन्नेको सूचिमा नेताहरु रामसहाय यादव, मोहम्मद इस्तियाक राइ, रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठलगायतको नाम चर्चामा छ । पार्टीभित्र मन्त्री चयन गर्ने कुरामा कुनै विवाद नरहेको र अध्यक्षले उचित निर्णय गर्ने नेता श्रेष्ठले जानकारी दिए । यसअघि नै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनिसकेकाले अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने सम्भावना नरहेको नेताहरुको दावी छ ।


