Breaking News.... EverestOnlineKhabar
June 25, 2026

२० वर्षपछि अमेरिकाको भुमि टेकेका उत्तरकोरियाका उच्च नेताहरुले अमेरिकी विदेशमन्त्रीलाई भेटे

Loading

एजेन्सी,जेठ ।
उत्तर कोरियाली नेता किम जोङ उनका दाहिने हात मानिने एक नेताले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यसअघि तय भएको भेटवार्ता के हुने भन्ने अन्योल कायम रहेका बेला किमका अतिनिकटस्थ नेता जनरल किम योङ चोलले विदेशमन्त्री माइकलाई न्यूयोर्कमा भेटेका हुन् ।
चोल अमेरिका भ्रमण गर्ने २० वर्ष यताकै हाइप्रोफाइल नेता हुन् । उनी चीनको राजधानी बेइजिङबाटबाट एयर चाइनाको जहाज चढेर अमेरिका पुगेका थिए । यसअघि ट्रम्प र किमबीच १२ जुनमा सिंगापुरमा हुने भनिएको ऐतिहासिक शिखर वार्ता अमेरिकाले एकतर्फी स्थगित गरेको थियो ।
परमाणु निःशस्त्रीकरणका विषयमा विवाद भएपछि ट्रम्पले पूर्वनिर्धारित कार्यक्रम रद्दको घोषणा गरेका थिए । तर अमेरिका र उत्तर कोरियाली नेताबीच वार्ताको वातावरण बनाउने प्रयास जारी छ । यसै प्रयासस्वरुप उत्तर कोरियाली नेता किमका निकटस्थ चोल र अमेरिकी विदेशमन्त्री माइकबीच पहिलो छलफल भएको छ र आजै अर्को चरणको भेटवार्ता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed