Breaking News.... EverestOnlineKhabar
June 24, 2026

चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ५.५९ प्रतिशत मात्रै

Loading

काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षमा ५.५९ प्रतिशतको मात्रै आर्थिक वृद्धिहुने प्रक्षेपण गरेको छ। बजेटमार्फत सरकारले ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकामा अन्तिम संशोधन प्रक्षेपण ५.५९ मा पुर्‍याएको हो।

अर्थमन्त्री डा.युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै प्रति व्यक्ति एक हजार चार र आर्थिक वृद्धि ५.५९ प्रतिशतको रहने अनुमान रहेको बताएका हुन्।  यसअघि बजेटको अर्धवार्षिक समिक्षामार्फत ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरिएको थियो।

त्यस्तै राष्ट्रिय तथ्यांक विभागले ५.८९ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो।  कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत र गैर कृषि क्षेत्रको योगदान ७२ प्रतिशत रहेको अर्थमन्त्री खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed