Breaking News.... EverestOnlineKhabar
July 8, 2026

यस्तो छ विश्वकपको लागि घोषणा गरिएको अर्जेन्टिनाको टिम

Loading

एजेन्सी,जेठ ।
विश्वकप फुटवलका लागि अर्जेटिनाले आफ्नो टिमको घोषणा गरेको छ। आगामी जेठ ३१ देखि रसियामा सुरु हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको अन्तिम नामावली घोषणा गरिएको हो। टिममा अर्जेन्टिनाका अनुभवी खेलाडी समेटिएका छन्। टोलीमा लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनलगायत २३ खेलाडि समावेश छन्। सिरी ए मा इन्टर मिलानबाट खेल्दा सर्वाधिक गोल गरेका खेलाडी मउरो इकार्डीलाई भने अर्जेन्टिनाले टिममा राखेको छैन ।

प्रिमियर लिग खेल्ने अगुइरो, सिटीका निकोलस ओटामेन्डी, वेष्ट ह्यामका मानुयल लान्जिनी, म्यान युका सर्जियो रोमेरीयो र मार्कोस रोहो,तथा चेल्सीका विली काबालेरो पनि टिममा समेटिएका छन्। अर्जेन्टिनाले यसपटकको विश्वकपको पहिलो खेलमा आइस्ल्याण्डसँग खेल्ने तालिका सार्वजनिक भएको छ। समुह डी मा रहेको अर्जेन्टिनाको दोस्रो भिडन्त क्रोयसियासँग र त्यसपछि नाइजेरियासँग खेल्नेछ।
सन् २०१८ को विश्वकप फुटवलको लागि विभिन्न देशले धमाधम टिमको खोषणा गरिरहेका छन्। ब्राजिल, जर्मनी लगायतका देशले पनि टिम घोषणा गरिसकेका छन्।
फुटबलको सबैभन्दा ठूलो मेला‘फिफा वल्र्ड कप २३ दिनपछि रसियामा शुरु हुँदैछ। विश्व फुटबल संघ (फिफा) ले विश्वकप फुटबल छनौटमार्फत बरियाताक्रममा परेका ३२ ओटा राष्ट्रले प्रतियोगितामा भाग लिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.