Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आइसिसीले वेस्ट विन्डिजविरुद्ध मे ३१ तारिखमा हुने टीट्वेन्टी खेलका लागि नेपालका  सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छ। बंगलादेशका स्पिनर सकिब अल हसनले नाम फिर्ता लिएपछि आइसिसीले सन्दिपलाई टोलीमा समावेश गरेको हो।

इङ्ल्यान्डका कप्तान इओइन मोर्गनको कप्तानीमा रहेको आइसिसी-११ मा पाकिस्तानका साहिद अफ्रिदी, ब‌ंगलादेशका तामिम इकबाल, भारतका दिनेश कात्तिक, अफगानिस्तानका रसिद खान, न्युजिल्यान्डका मिचेल म्याकलेनघान, पाकिस्तानका सोएब मलिक, भारतका हार्दीक पान्ड्या , श्रीलंकाका थिसरा परेरा र न्युजिल्यान्डका लुक रोँची छन्।

आईसिसीले विश्वभरका सदस्य देशबाट उत्कृष्ट खेलाडी छनोट गरी टिम बनाएर टीट्वेन्टी विश्व च्याम्पियनविरुद्ध खेलाउन लागेको हो। वेस्ट विन्डिजबिरुद्धको उक्त खेलमा सन्दिपले खेल्ने पक्का छ। आईसिसी टोलीमा रहेका अफ्रदी, रसिद र सन्दीप स्पीन स्पेसलिस्टका रुपमा रहने छन्। अफ्रिदी पुर्व विश्व नम्बर एक र रसिद वर्तमान नम्बर एक बलर हुन्।

उक्त खेल क्रिकेटको मक्का मानिने इङ्ल्यान्डको लर्डस मैदानमा हुने छ।  हाल इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेट खेलिरहेका सन्दीपले आईतबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दै डेब्यु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed