Breaking News.... EverestOnlineKhabar
June 25, 2026

मलेसियामा सुधारवादी नेता अन्बर इब्राहिम जेलबाट रिहा

Loading

काठमाडौं । मलेसियामा सुधारवादी नेता अन्बर इब्राहिम जेलबाट रिहा भएका छन् । मलेसियाको भावी नेताकारुपमा हेरिएका बेला सत्ताबाट बाहिरिएपछि भ्रष्टाचार र अप्राकृतिक यौनव्यवहारमा दोषी ठहर भएपछि उनलाई पाँच वर्षको जेल सयाय सुनाइएको थियो ।

उनी तीन वर्षअघि दोस्रोपटक जेल गएका थिए । नयाँ प्रधानमन्त्री महाथिर मोहम्मदले क्षमा दिएपछि उनी जेलमुक्त भएका हुन् । रिहा भएलगत्तै इब्राहिमले प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा रहेका मलेसियाली जनतालाई धन्यवाद दिएका छन् ।

इब्राहिमले मलेसियाको विपक्षी दलको अभियानलाई नेतृत्व गरेका थिए । हालै सम्पन्न चुनावमा उनको पार्टीले मुलुकको इतिहासमा पहिलोपटक सत्तारुढ पार्टीलाई पराजित गरेको थियो ।

सन् १९९८ मा उनलाई महाथिरले उप्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए । सन् २००४ मा जेलमुक्त भएपछि उनी विपक्षी दलको नेता भए । सन् २०१५ मा उनलाई आप्रकृतिक यौनव्यवहारको अर्को मुद्दा लगाएर जेल हालिएको थियो ।

प्रधानमन्त्री महाथिरले इब्राहिमलाई दुई वर्षभित्र प्रधानमन्त्री बनाउने चाहना व्यक्त गरेका छन् । महाथिरले नै इब्राहिमलाई राजनीतिमा अगाडि बढाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed